चीनले कोरोना भाईरस (कोभिड–१९) परीक्षणका लागि नेपाललाई प्रदान गरेको किट तथा अन्य उपचार सामग्री तिब्बतमै रोकिएको छ ।
चीनीयाँ स्वास्थ्य समाग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामाग्री बिचबाटैमै रोकिएको हो ।
गत बुधबार बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाली दूतावबासलाई उपलब्ध गराएको २ हजार कोरोना परीक्षण किट काठमाडौं ल्याउन लागिएको थियो ।
नेपाल आउने सामान रोकिनुको कारण गुणस्तरहित रहेको बुझिए पनि चीनले प्राविधिक कारणले पठाउन नसकिएको बताएको छ । यस विषयमा चिनियाँ सरकारी निकायले नेपाललाई समेत जानकारी गराएको जनाइएको छ ।
यस अघि कोरोना परीक्षणका जाँच किटले ३० प्रतिशत विरामीको मात्रै पहिचान गर्न सकेको, रोग लागे पनि ७० प्रतिशत व्यक्तिमा संक्रमण पत्ता लगाउन नसकेको र गुणस्तरहीन भएको भन्दै स्पेनले चिनियाँ कम्पनीबाट आपूर्ति भएका सामाग्री फिर्ता गर्ने निर्णय गरेको थियो ।
चीन सरकारले आफैले १९ वटा कम्पनीहरु सूचीकृत गरी त्यसमार्फत मात्रै चिनियाँ सहयोग पठाउने गरेको छ। त्यो १९ कम्पनीको सूचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी भने पर्दैन।