फ्रान्स र बेल्जियमबाट आएकी कोरोना संक्रमित दुई युवतीसँगै कतारबाट आएका चितवनका तीन जनाको परीक्षणको नतिजा नेगेटिभ आएको छ।
शनिबार अपरान्ह आएको नतिजामा तीन जनाको नतिजा नेगेटिभ आएको र बाँकी दुई जनाको परीक्षण जारी रहेको चितवन कोरोना अस्पतालका प्रमुख डा. भोजराज अधिकारीले सेतोपाटीलाई जानकारी दिए।
आजै आएको नतिजामा बाग्लुङकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले युवतीमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्।
बेल्जियमबाट आएकी आजको संक्रमित युवती पनि अघिल्लो संक्रमित युवतीसँगै कतारको दोहाबाट एउटै जहाजमा आएकी थिइन्।
गत चैत ४ गते दुवै संक्रमित युवती कतारको दोहाबाट कतार एअरको क्युआर ६५२ जहाजमा नेपाल आएका थिए।
जहाजमा उनीहरूसँगै १ सय ५८ जना यात्रु थिए।
सोही जहाजमा चितवनका ५ जना मानिस सवार थिए। जसमध्ये तीन जनाको परीक्षणको नतिजा नेगेटिभ आइसकेको छ।
रकारले उक्त जहाजमा रहेको यात्रुहरूमध्ये कतिको परीक्षण गरियो भन्ने आधिकारिक तथ्यांक प्रस्तुत गरेको छैन।
सरकारले ती यात्रुमध्ये धेरैलाई परीक्षण गर्नेभन्दा पनि होम क्वारेन्टाइनमै बस्न भनेको छ। Setopati