कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा स्पेनमा ६ सय ५६ जनाको मृत्यु भएको छ ।
स्पेनको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण ६ सय ५६ जनाको मृत्यु भएको जनाएको हो ।
यससँगै स्पेनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ हजार ६ सय ४७ पुगेको छ ।
कोरोना भाइरसको शुरुआत भएको चीनमा भने ३ हजार २ सय ८१ जनाको मृत्यु भएको छ । इटालीमा भने कोरोना भाइरसका कारण स्पेनभन्दा करिब दोब्बर अर्थात् ७ हजार ५ सय ३ जनाको मृत्यु भएको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका संक्रमितको संख्या पनि बढेको स्वास्थ्यय मन्त्रालयले जनाएको छ ।
स्पेनमा पछिल्लो २४ घण्टामा करिब ७ हजार ५ सय जना नयाँ संक्रमित थपिएका छन् ।
यससँगै त्यहाँ कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ हजार ५ सय १५ पुगेको छ ।