अदालती सुनुवाइमा सयौँ साङ्ला छोडिएपछि…

अदालती सुनुवाइमा सयौँ साङ्ला छोडिएपछि…

अमेरिकाको न्युयोर्क राज्यमा एउटा अदालती सुनुवाइका क्रममा अकस्मात सयौँ साङ्ला छोडिएका छन् ।

बहसका क्रममा छोडिएका साङ्ला धपाउन किटनाशक औषधिको प्रयोगपछि अदालतको सुनुवाई समेत स्थगित भएको थियो । प्राप्त विवरणहरू अनुसार ल्बानी सिटी कोर्टमा सुनुवाइको क्रममा विवादपछि साङ्ला छोडिएको थियो ।

अदालतको कार्वाहीको भिडियो खिच्न खोज्ने व्यक्तिलाई रोक्न थालेपछि विवाद बढेको थियो । अदालतका अनुसार विवादपछि प्लास्टिक कन्टेनरहरूमा अदालतमा ल्याइएका सयौं साङ्लाहरू छोडिएका थिए ।

साङ्ला फालिएको विषयमा अनुसन्धान भइरहेको छ । साङ्ला धपाउन किटनाशक औषधि छर्किएकाले अदालत बन्द गरिएको थियो ।

अदालतका अधिकारीहरूले खराब आचरण, सरकारी प्रशासनमा बाधा पुर्‍याएको र भौतिक प्रमाणमा अवरोध गरेको आरोपमा एक ३४ वर्षीया महिलालाई पक्राउ गरेका थिए । तर, पक्राउको केही समयपछि उनी रिहा भएकी थिइन् ।

सुनुवाइको समयमा अदालतमा भएको हर्कत त्यहाँको कारवाहीमा बाधा र क्षति पुर्‍याउने उद्देश्यले गरिएको आपराधिक व्यवहार भएको अदालत प्रशासनको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि

अन्तिम संस्कारका लागि लैजादैँ गर्दा कोही व्यक्ति उठेको भन्ने खबर तपाईंले कहिलेकाँही सुन्नुभएको छ होला ।

करिब एक महिना अघि पेरुमा पनि यस्तै घटना भएको छ । त्यहाँ एक महिला आफ्नो अन्तिम संस्कार हुँदै गर्दा ब्यूँझिइन् ।

३६ वर्षकी रोसा इसाबेला सेस्पेडेस कैलाका एक भयानक कार दुर्घटनाको शिकार भइन् । २५ अप्रिलमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए ।

दुर्घटनाका बेला उनी टाउको टेकेर भुइँमा लडेकी थिइन् जसका कारण उनको दिमागमा गम्भीर चोट लागेको थियो ।

जानकारीका अनुसार २६ अप्रिलमा उनको अन्तिम संस्कारको तयारी भइरहेको थियो । उनलाई कफिनमा राखेर समाधिस्थल लगिँदै थियो ।

त्यति नै बेला उनको परिवारका एकजना सदस्यले महिलाले आफ्नो आँखा खोलेको देखे । उनलाई पसिना आइरहेको थियो । त्यसपछि समाधिस्थलका प्रबन्धकले तुरुन्त प्रहरीलाई खबर गरे ।

रोसा इसाबेलालाई कफिनमै राखेर तुरुन्त अस्पताल लगियो । डाक्टरले रोसा इसाबेलमा जीवनको लक्षण देखिएको बताए ।

महिलाका परिवारले यस्तो कसरी भयो भनेर अनुसन्धानको माग गरिरहेका थिए । उनीहरुले रोसा कोमामा गएको हुनसक्ने पनि बताए ।

यद्यपि, यस्तो हुनुका धेरै कारण हुनसक्छ । मृत्युपछि परेलामा पनि थुप्रै हलचल देखिन्छ । मृत शरीरमा पनि विभिन्न परिवर्तन हुनसक्छ जुन तपाईं सोच्न पनि सक्नुुहुन्नँ ।

यस्तो विशेषगरी पीडादायी मृत्युपछि हुने गर्छ ।