नेपालले युक्रेनलाई समर्थन गरेकोप्रति अमेरिकाले चासो राखेको छ ।अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरेर चासो व्यक्त गरेकाे हाे।
केही दिनअघि नेपालले रूस र युक्रेनकाे द्वन्द्धमा सार्वभौमसत्ता र अखण्डताको लागि नेपालले युक्रेनप्रति समर्थन जनाएको थियो ।
फोन वार्तामा रुस युक्रेनको युद्धमा नेपालले युक्रेनलाई गरेको समर्थन र एमसीसीका बिषयमा छलफल भएको विदेश मन्त्रीको सचिवालयले ट्वीट मार्फत जानकारी दिएको छ ।
अमेरिकाले बिशेषगरी एमसीसीबारे थप स्पष्ट पार्दै आर्थिक विकास र क्षेत्रीय चुनौतिहरू सँगै मिलेर काम गर्ने जनाएको छ ।
एमसीसी अघि बढाउने निर्णयले विद्युतीय प्रसारण लाइन र सडक परियोजनासँग रोजगारी सिर्जना, पूर्वाधार निर्माण, तथा नेपालीहरूको जीवनस्तर उन्नतिमा भूमिका खेल्ने उनको विश्वास थियो