चितवनमा कोरोना संक्रमणबाट १०९ बर्षिय वृद्दाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट १०९  बर्षिय वृद्दाको मृत्यु

चितवनमा कोरोना भाइरस कोभिड–१९ काे संक्रमणबाट आज एक जनाको मृत्यु भएको छ ।

पूर्वीचितवनको खैरहनी नगरपालिका–३ गोठसोर निवासी १०९ वर्षीया वृद्धाको आज (मंगलबार) विहान १ः४५ बजे कोरोना संक्रमणबाट घरमै मृत्यु भएको पारिवारिक स्रोतलाई उदृत गर्दै इलाका प्रहरी कार्यलय खैरहनिले जनाएको छ। मृतक वृद्धाको आज बेलुकी कोरोना रिपोर्ट ‘पोजिटिभ’ आएको हो।कन्ट्याक्ट ट्रेसिङका आधारमा ती वृद्धाको हिजो (सोमबार) स्वाब संकलन गरी कोरोना परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशाला पठाइएको थियो । मृत्यु पश्चात मात्रै ती वृद्धाको रिपोर्ट पोजिटिभ आएको हो ।

मृतक बृद्धालाई आफन्तबाटै कोरोना संक्रमण भएको हुनसक्ने प्रहरीको अनुमान छ । यसअघि चितवनमा भरतपुर महानगरपालिका–११ का एक जना र कैलालीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनको निधन भएको पारिपारिक स्रोतले जनाएको छ ।

स्वासप्रश्वासमा समस्या देखिएपछि विगत ४ महिनादेखि अक्सिजन दिएर उनको घरमै उपचार गरिएको थियो । उनको १ सय १ वर्षको उमेरमा उनको निधन भएको हो ।

घिमिरेको जन्म विक्रम संवत १९७६ साल असोज ७ गते लमजुङको पुस्तुन गाउँमा भएको थियो । उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर-किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत (निबन्ध) लगायतका कृति चर्चित छन् ।

घिमिरेले २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा ‘चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार तथा २०६७ सालमा पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।

उनले राष्ट्रिय गीत ‘गाउँछ गीत नेपाली’ का साथै तारादेवीले गाएको ‘मनको बाँध’ चलचित्रको ‘फूलको थुङ्गा बगेर गयो’ तथा नारायणगोपालले गाएको ‘आजै र राति के देखेँ सपना’जस्ता गीत पनि रचेका थिए ।

उनले साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख-प्रबन्धजस्ता अनेकौं विधा-उपविधाहरुमा निरन्तर कलम चलाउँदै आएका थिए ।