केही दिन भयो म निकै खुशी छु ।अनि सन्तुष्ट पनि अरुको नजरमा मेरो यो सुन्तुष्टि अनी खुशी सामान्य होला । केही व्यक्तिको लागि झ्याउलाग्दो पनि हुन सक्छ । तर मेरा लागि जिवनकै स्मरणीय समय बन्दिएको छ । प्रसंग पुरानो नेपाली भनाई बाट सुरु गरौं “हामीले जुन काम गरिन्छ त्यसमा सन्तुष्ट हुनुपर्छ ” उसो भए सन्तुष्ट कसरी हुने रु वा सन्तुष्ट हुने आधार के त शिक्षक आफुले पढाएको विद्यार्थीले राम्रो नम्बर ल्याउदा वा राम्रो स्थानमा पुग्दा सन्तुष्ट हुन्छ । डाक्टर मृत्युको मुखमा पुगेको विरामि लाई बचाउँदा सन्तुष्ट होला । अनि म जस्तै पत्रकारीता गर्ने पत्रकारहरु आफुले लेखेको समाचारले जब प्रवाभ पार्छ तब सन्तुष्ट हुन्छ । कुरा बुझ्नु पनि भयो होला १ यति धेरै कुरा लेखि सकेपछि । म आफ्नै पत्रकारीताको खुशी को अनुभव लेख्दैछु।
नवलपुरनै घर भएको भएपनि यहाँका धेरै घरहरु, गाउँहरु मेरो लागि नौलो छन् । त्यसै मध्येको एक गाउँ थियो गैंडाकोटको भुजेल गाउँ । यद्यपी पत्रकारीता पेशाले गर्दा आजको मितिमा भने यो गाउँ संग म धेरै नजिकै भएको छु । पहिलो पटक सहकर्मी इन्द्रको साथमा प्रत्यक्ष रिपोर्टिङ्गको लागि म गैंडाकोट ३ को भुजेल गाउँ पुगेको थिए । सानो गाउँ, छरिएको बस्ती तर निकै सुन्दर ।गाउँ प्रवेश गर्ने बित्तिकै सुस्मा भुजेलको घर आउदो रहेछ । संस्कार पनि कति राम्रो जाने वित्तिकै पिढिमा भएको गुन्द्री तान्दै बस्न आग्रह गर्नु भयो । इन्द्र गैंडाकोट ३ को भएकाले उनलाई सबैले चिने तर मेरा लागि सबै नयाँ त्याहाँको लागि पनि म नयाँ । फेरी, पत्रकारिता गर्ने भएकाले होला स्वभावलनै म नयाँ मान्छे सँग परिचत र घुलमिल हुन खोजी हाल्ने त्यहाँ पनि धेरै संग छिटै परिचित बने । तर अन्य ठाउँमा भन्दा यहाँ अल्लि गाह्रो भयो उहाँ हरुको समस्या बुझ्न । मैले मेरो परिचय दिने वित्तिकै रेडियो बाट भनेर बोल्न नै आउदैन भन्ने उहाँहरुसंग कुरा गर्नै मुस्किल थियो । लजालु स्वभावका उहाँहरु, सुस्मा जी कै घरको कुरा गर्ने हो भने पनि उहाँको आवाज मेरो रेकर्डमा रेकर्ड गर्न निकै बेर सम्वाद गर्न पर्यो । नजिक बनाउनलाई दिदिको सम्बन्ध पनि गाँसेर दिदि भन्न थाले, मेरो हातमा रेकडर देखेर सुस्मा दिदिले के हो, यो भनेर सोधा महिले रेकर्डर नभनि मोवाईल भनेको थिए । किनकी मलाई थाहाँ थियो त्यति बेला महिले सिधै रेकडर हो हजुर बोलेको रेकर्ड हुन्छ भनेको भए उहाँ पक्का बोल्नु हुन्थ्येन ।उहाँ संग सामान्य गफ गर्दै जादा थाहा भयो गाउँमा शौचालय रहेनछ । गैंडाकोट नगरपालिका भित्र पनि अझै यस्तो समस्या मलाई अचम्म लाग्यो । अनि मैले सोधे दिशापिसाब लागे कहाँ जानुहुन्छ त, उहाँले सहज तरिकाले भन्नुभयो यत्रो जङ्गल छ , यहीँ जाने । महिले फेरी सोधे घरमा किन शौचालय नबनाएको रु उहाँले आधा बनेको शौचालए देखाउनु भयो । जहाँ शौचालयको भुई पक्कि थियो तर माथि भने बोराले बारेको त्यो पनि आधा च्यात्तिएको । नगरपालिकाले रिङ र शौचालय बनाउने केही सामान त गाउँमा दिएको रहेछ तर बार्ने इट्टा र बालुवा चै दिएनछ । हुन पनि भुजेल गाउँमा भएको ३५ घर मा जम्मा चार(पाँच जनाको मा भन्दा शौचालय थिएन ।शौचालय भएका हरुले पनि दिशापिसाब गर्न जङ्गल जाने ।मलाई लाग्यो यति सामान दिए पछि त अरु आफैले पनि बनाउन सकिने थिएन रु उहाँहरुको गुनासो पैसा नभएको भन्ने थियो । म बोल्न नपाउदै सुस्मा दिदिले भन्नु भयो– ूहुन त शौचालय भए पनि के काम पानी छैन ।ूमलाई बल्ल थाहा भयो यहाँको मुख्य समस्या पानी पो रहेछ । पानी भए धेरै समस्या समाधान हुने रहेछ । बषौँ देखि धमिलो पानी खादै आएका यहाँ स्थानीय अनी पानी लिन जान पनि कम्तीमा आधा घण्टा लाग्ने । रातभरि जनावरले खाएको पानी विहान यहाँका स्थानीय गएर घरमा ल्याउने र सिधै पिउने । फोहोर पानी खाएर कति विरामी भए कुन कुन रोग लाग्यो र लाग्छ थाहाँनै छैन । मैले फेरी सुस्मा दिदिलाई सोधे यहाँ खानेपानीको कुनै योजना परेको छैन रु उहाँले भन्नुभयो(ूगाउँमा एउटा मोटर छ त्यो बिग्रिएको धेरै भयो । बनाउन कोहीलाई चासो नै छैन ।ू बषौँ देखि धमिलो पानी खादै आएका यहाँ स्थानीय अनी पानी लिन जान पनि कम्तीमा आधा घण्टा लाग्ने । रातभरि जनावरले खाएको पानी विहान यहाँका स्थानीय गएर घरमा ल्याउने र सिधै पिउने ।सुस्मादिदि संगको यति कुरा पछि मैले गाउँका अरु लाई पनि बोलाउन आग्रह गरे । सुस्मा दिदिको श्रीमान ले एउटा डाडा बाट नाम लिएर बोलाउनु भयो केही समयमा गाउँका सबै जना भेला हुनुभयो । मैले सबै सग कुरा गरे कुरा गर्दै जादा केही समस्या र केही सम्भावना पनि देखे तर मुख्य समस्या भने खानेपानी थियो । सबै सँग कुरा गरेपछि हामी बिजय एफ।एम सुन्नु है हजुरहरु बोलेको रेडियोमा आउछ भन्दै निस्किएउ ।आवाज रेडियोमा आउछ भनेपछि कोहि लजाउनु भयो अनि कोही खुशी । मैले उहाँ हरु लाई बोल्न आग्रह गर्दा हजुरहरु बोल्नु पछ, बोलेर आफनो समस्या भने समस्या समाधान हुन्छ भनेको थिए । जसले उहाँहरुको अनुहारमा केही आशा पनि थियो यहीँ कारणले पनि उहाँ हरु म सग बोल्नुभयो । मलाई बाटोमा आउँदा धेरै कुरा खेल्यो, त्यो दिन भुजेल गाउँ बाट फर्किदा साँझ परेकाले म अफिस नगाईँ सिधै घर आए । मलाई राति कहिले उज्यालो होला र अफिस गएर सबै कुरा सुनाउला जस्तो भएको थियो ।भोलि पल्ट अफिसमा हामी समाचारका सबै साथी समाचार कक्षमा थियौँ । मैले भुजेल गाउँको सबै कुरा भने गाउँमा शौचालय छैन भन्ने कुराले स्टेशन म्यानेजर श्रीधर सरले खुल्ला दिशापिसाव मुक्त नगरपालिकामा यस्तो समस्या यसलाई प्राथमिकता दिएर समाचार लेख्नुस् भन्नु भयो । मलाई पनि रिपोर्टिङमा गएको सार्थक भएको अनुभुति भएको थियो । त्यसपछि गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र गैंडाकोट ३ का वडा अध्यक्ष शिवकान्त तिवारी लाई फोन गरी थप बुझेर समाचार लेखियो । बिजय खबरको पहिलो पृष्ठ मा समाचार आयो । त्यस पछि भने भुजेल गाउँमा नगरपालिका सगै अन्य संस्थाको पनि ध्यान जान थाल्यो । पटकपटक खानेपानीको समस्याको समाचार बिजय एफ।एम र बिजय खबर पत्रीका मा आएपछि रोटरी क्लब अफ गैंडाकोटको ध्यान भुजेल गाउँमा पुग्यो । अनी रोटरी क्लब अफ गैंडाकोट र रोटरी क्लब अफ नारायणगढको सहकार्यमा भुजेल गाउँमा खानेपानीको योजना सुरु भयो । त्यति मात्र हैन, केही समयमा खानेपानीको समस्या समाधान हुने पक्का भायो । कुरा सुन्दा निकै खुशी लाग्यो । विस्तारै रोटरीले पनि काम सुरु गर्यो, यसमा भुजेल गाउँका स्थानीयले पनि दिन रात नभनि श्रमदान गरे हामीले यसको समाचार बनाई रहेउ । कहिले सहकर्मी माया कंडेलले त कहिले महिले रिपोटिङ्ग गर्थेउ । यो विचमा अन्य मिडिया बाट पनि यहाँको समाचार आउन सुरु भै सकेको थियो ।केही समय पछि म यसको फलोअपका लागि फेरि भुजेल गाउँ पुगेको थिए ।
त्यति बेला भने मलाई सबै ले चिन्नुभयो । त्यो विचमा हामीले त्यो गाउँ पुग्ने बाटोको बारेमा पनि रिपोर्ट बनाएका थियौ । त्यस पछि वडा आफैले बाटो मर्मत गरेछ । गाउँलेहरुले भन्दै हुनुहुन्थ्यो रिपोर्ट बजेपछि बिग्रिएको बाटो बन्यो । उहाँहरु खुशी हुनुहुन्थ्यो संगै म पनि ।यस पटक भने महिले उहाँहरुलाई बोल्नु भन्नै परेन आफै बोल्न आउनुभयो । रेकर्डरलाई पनि मोवाईन भन्नु परेन । कुरा गर्दै जादा सुस्मा दिदीले भन्नुभयो ( ूनानि हजुर आएर गएपछि त यहाँ त धेरै राम्रो भएको छ । यहाँका मान्छेलाई पनि बोल्न पर्ने रहेछ समस्या भने मात्र समाधान हुने रहेछ भन्ने लागेको छ ।ूउता रोटरी क्लवले आफनो काम लाई निरन्तरता दिई रहेको थियो । यद्यपी दशै अगाडि नै सक्ने भनेको काम बिभिन्न कारणले गर्दा वैशाखमा सम्पन्न भयो । काम सम्पन्न हुदा भुजेल गाउँको खुशी पनि मेरो खुशी जस्तो लाग्यो । जेठ १२ गते भुजेल गाउँमा गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल , वडा अध्यक्ष शिवकान्त तिवारी रोटरी क्लबका विभिन्न व्यक्तित्वहरु बिच खानेपानीको उद्धघाटन भएछ । ३५ घर धुरीमा धारापनि जडान भए छ । यो खबर सुन्दा खुशी लाग्यो । तस्विरमा देख्दा आनन्द आयो ।
तर यो खुशीमा सहभागी भने बन्न सकिन । यो खुशीको रिपोर्ट बन पाईन । यो विषयमा भने मन दुखेको छ । तर कोरोनाको कहर बिचमा पनि भुजेल गाउँमा खानेपानीको समस्या समाधान भएको छ । गाउँ खुशीले गदगद छ यो खुशीनै मेरो खुशी हो । खानेपानीको सुविधा सगै गाउँमा अब शौचालय बन्ने छ । एउटा पत्रकार लाई यो भन्दा खुशी अरु के हुन सक्ला । कोरोनाको कहर पछि फेरी एक पटक भुजेल गाउँ पुग्ने छु । त्यस पछि भुजेल गाउँको धारको पानि पिएर उहाँ हरुकै कथा तपाईलाई सुनाउने छु
पबित्रा पराजुली, नवलपुर जिल्लामा रहेको नेपालकै उत्कृष्ट सामुदायीक रेडियो बिजय एफ।एम र बिजय खबर साप्ताहीको संमाचार दाता हुनुहुन्छ ।उहाँले ग्रामीण विकास र महिला शसक्तीकरणको विषयमा रहेर कलम चलाउदै आउनु भएको छ ।