भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा मिति २०७७ जेष्ठ १४ गते प्राप्त भएका ७३ वटा नमुना मघ्ये ७१ वटा नमुनाको RTPCR परिक्षणको नतिजा नेगेटिभ (Negative ) रहेको छ। बाकि २ देवचुली न.पा. १५ र ११ नवलपुर वस्ने बर्ष २१ र वर्ष १९ का पुरुष को पोजेटिभ पुष्टी भएको छ ।उनीहरु गत जेष्ठ ९ र १२ गते भारतवाट आई देवचुली न.पा. को क्वारेनटाईनमा रहेका छन्।साथै उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मिको निगरानीमा रहेको जानाकारी प्राप्त भएको छ ।