भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा संक्रमण देखियो

भारतबाट फर्कने क्रममा मृत्यु भएका अर्घाखाँचीका युवामा संक्रमण देखियो

भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ का युवामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा बिहीबार गरिएको पिसिआर परीक्षणमा कोरोना पोजिटिभ देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

उनको शवसँग हेलमेल भएका ९ जनाको स्वाबको रिपोर्ट भने अझै नआएको उनले बताए । ती युवाको जेठ १० गते राति लखनउ आसपास मृत्यु भएको थियो । उनको शव अर्घाखाँची लगेर सदगद गरिएको थियो । कान्तिपुर दैनिकमा समाचार छ

उनले लखनउबाट बस हिँड्दा आफूलाई छटपटी भएको साथीलाई बताएका थिए । त्यसपछि छाति दुख्यो भन्दै वान्ता गरेका उनी बसमै ढलेको उनका भतिजको भनाई उद्धृत गर्दै ईप्रका कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले बताए ।

उनको बसमै मृत्यु भएपछि शवलाई बसमै ल्याइएको थियो । आइतबार दिउसो उनीहरु सिर्सिहवा नाका हुँदै नेपाल भित्रिएका थिए । शवलाई कृष्णनगरबाट गएको एम्बुलेन्सले भारतीय सीमा बजार बढनीबाट नेपाल ल्याएको थियो ।