कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएका पाचौं व्यक्तिको अन्त्यष्टी गर्न शव पशुपति लगिएको छ।
बिहिबार साँझ ललितपुर महानगरपालिका-२२ बुङ्गमतीका ५६ वर्षीय पुरूषको पशुपति स्थित विद्युतीय शव गृहबाट अन्त्येष्टी गर्न लागेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी मित्रबन्धु शर्माले जानकारी दिए।
‘सेनाले सहजीकरण गरेर यहाँ ल्याइसकेको छ,’उनले भने,’तयारी हुँदैछ अबको आधा घण्टामा अन्त्यष्टी गरिन्छ।’
अस्पतालमा कुरूवा बसेका परिवारका तीन सदस्य पनि पशुपति पुगेका छन्।
किष्ट अस्पतालको आइसियूमा रहेका संक्रमितको बुधबार मृत्यु भएको थियो। उनलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि पनि बुधवारै भएको थियो।
कलेजोमाको समस्या भएपछि उनलाई जेठ ११ गते अस्पतालमा भर्ना गरिएको थियो। त्यस्तै १२ गते स्वाब परिक्षण गर्न पठाएको थियो।
उनी भन्दा अघि कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको थियो।