अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक मेन्सका सहयोगीलाई पनि कोरोना भाइरसको संक्रमण भएको छ ।
अमेरिकी सेनाका एक सदस्य समेत रहेका राष्ट्रपति ट्रम्पका एक सहयोगीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको दुई दिनमै उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी केटी मिलर कोरोना भाइरसबाट संक्रमित भएकी हुन् ।
शुक्रबार उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको बीबीसीले जनाएको छ ।
शुक्रबार उपराष्ट्रपति पेन्स एक धार्मिक नेतासँगको भेटका लागि चढेको विमानमा रहेका ६ जनालाई अचानक बाहिर निकालिएको थियो ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएकी मीलरसँग हालै सम्पर्कमा आएका व्यक्तिहरुलाई विमानबाट निकालिएको जनाइएको छ ।
मिलर राष्ट्रपति ट्रम्पका सहयोगी स्टिफन मिलरकी श्रीमती हुन् । राष्ट्रपति र उपराष्ट्रपतिका सहयोगीमा नै संक्रमणको पुष्टि भएपछि ह्वाइट हाउसले ट्रम्प र पेन्समा पनि कोरोना भाइरस रहे नरहेकोबारे परीक्षण सुरू गरेको छ ।
दुबै जनाको दैनिक परीक्षण गरिरहदा अहिलेसम्म संक्रमण नदेखिएको जनाइएको छ ।