भारतमा खाना पकाउने ग्यासको मूल्य घटेको छ । भारतका इन्धन मार्केटिङ कम्पनीहरुले ग्यासको मूल्य घटाएका भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि सिलिन्डरमा १६२ भारु मूल्य घटेको छ ।
भारतमा प्रत्येक महिनाको पहिलोदिन ग्यासको मूल्यमा हेरफेर हुने गरेको छ । तीन महिना यता भारतमा ग्यासको मूल्य घटिरहेको छ ।
कोरोना भाइरसको महामारीकाबीच विश्वमा पेट्रोलियम पदार्थको मूल्यसमेत घटेको छ ।
यो पनि पढ्नुहोस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रोल्पा बम बिस्फोटमा परेर ४ अबोध बालबालिकाले ज्यान गुमाएको प्रति दु ख व्यक्त गर्दै घटनाको अनुसन्धान गर्न माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै घटनाले नेपाली कांग्रेससँगै सिंगो देश मर्माहत भएको बताएका छन् ।
‘द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ,’ विज्ञप्तिमा भनिएको छ नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।’
यस्तो छ विज्ञप्ति
वैशाख १९, २०७७
रोल्पा घटनाको गहिरो अनुसन्धान, कार्वाही
र बेवारिसे बमको खोजी गम्भीर रुपले गर्न माग !
रोल्पाको त्रीवेणी गाउँपालिकामा बम बिस्फोटमा परेर ४ अबोध बालबालिका (११ वर्षीय विमला खत्री, ५ वर्षीय विजय खत्री, १३ वर्षीय गौरव नेपाली र १४ वर्षीय नोखीराम डाँगी) को मृत्यु भएको घटनाले नेपाली कांग्रेस संगै सिंगो देश मर्माहत भएको छ । द्वन्द्वको दशकले छाडेका चोटहरु खाटा बस्न एकातर्फ अझै बांकी छ तर अर्कातर्फ यस्तो घटना हुनु अत्यन्तै दुःखद र गम्भीर छ । यसले हिंसाबाट समाधान खोज्न चाहने सबै थरिलाई हृदय देखि गम्भीर र आत्मआलोचित बनाउने अपेक्षा छ ।
एक मात्रै पनि निर्दोष नागरिकको मृत्यु सामान्य कुरा होइन । त्यसमा पनि ४ नाबालकको बिस्फोटमा मृत्यु हृदयविदारक छ ।
नेपाली कांग्रेस यो घटनाको गहिरो अनुसन्धान गर्न सरकार समक्ष माग गर्दछ । जहाँ कहिँपनि होलान् यस्ता बेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली कांग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।
बिस्फोटमा जीवन गुमाउने कलिला बालबालिकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो कारुणिक पिडाका घडिमा सम्बन्धित परिवारजनमा नेपाली कांग्रेस हार्दिक समवेदना व्यक्त गर्दछ ।
विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग