एक चिनियाँ खगोलशास्त्रीले पृथ्वीको दिशामा रहेको एउटा क्षुद्रग्रह (एस्टोरोइड) पृथ्वीमा ठोक्निसक्ने भनी आएका सूचनाहरू गलत भएको बताएका छन् ।
पर्पल माउन्टेन अब्जर्भेटरी नामक चिनियाँ वैज्ञानिक खोज केन्द्रका खगोलविद् झाओ हाईपिनले क्षुद्रग्रह पृथ्वीमा आइपुग्ने सम्भावना शून्य भएको बताएका हुन् ।
अमेरिकी अन्तरिक्ष अध्ययन संस्था (नासा) ले सन् १९९८ मा पत्ता लगाएको र ५२७६८ नामाकरण सङ्केत दिइएको ग्रहिका पृथ्वीमा खस्ने आधार शुन्य रहेको उनले बताएका हुन् । अनुमानित २५ किलोमिटर व्यास भएको उक्त ग्रहिका पृथ्वीमा ठोकिएको खण्डमा विश्वमा ठूलो क्षति निम्त्याउने सक्ने भएपनि यसो हुने शुन्य सम्भावना रहेको उनको दावी छ ।
केन्द्रका खगोलविद् हाईपिनले भने, “यस ग्रहिकालाई पत्ता लगाएपछि विश्वभरका अन्तरिक्ष अध्ययन निकायले यसबारे सुक्ष्म अध्ययन गर्दै आएका छन् र यससम्बन्धी कक्षीय तथ्याङ्कहरूको सही आँकडा निकालेका छन् ।”
उनले भने, “यो ग्रहिका आगामी अप्रिल २९ मा प्रतिसेकेण्ड ८.६९ किलोमिटरको गतिमा पृथ्वीतर्फ आउनेछ तर यो पृथ्वीको सतहबाट करिब ६२ लाख ८० हजार किलोमिटर टाढासम्म मात्र आइपुग्नेछ । यो दूरी भनेको पृथ्वीबाट चन्द्रमासम्मको दूरीको १६।४ गुणा टाढा हो । त्यसैले ग्रहिकाले पृथ्वीलाई ठक्कर दिने वा पृथ्वीमा खस्ने आधार शुन्य रहने देखिन्छ ।”
पूर्वी चीनको जियाङ्सु प्रान्तमा रहेको झाआकोे अब्जर्भेटरीका वैज्ञानिकहरूले यस ग्रहिकाको गतिविधिलाई ध्यानका साथ अध्ययन गरिरहेका बताएका छन्