स्पेनमा विगत २४ घण्टामा आठ सय ३८ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ ।
स्पेनको स्वास्थ्य मन्त्रालयले आइतबार एकैदिन आठ सय ३८ को मृत्यु भएको पुष्टि गरेको छ । उक्त समयमा थप छ हजार ५०० व्यक्तिमा सङ्क्रमण देखिएको छ ।
स्पेनमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ७८ हजार ७९७ रहेको छ भने यसमध्ये चार हजार ९०० विरामीमा जटिल खालको सङ्क्रमण भेटिएको छ ।
स्पेनमा सङ्क्रमित भएका १४ हजार ७०० व्यक्ति उपचारपछि निको भएर घर फर्किसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्पेनको राजधानी मेड्रिड र क्याटलोनिया क्षेत्रमा सङ्क्रमण अत्यधिक फैलिएको छ ।
मेड्रिडमा करिब २२ हजार र क्याटलोनियामा १५ हजारभन्दा बढी व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।